असार ८,काठमाडौँ । गायिका शोभा पाण्डेको स्वरमा सजिएको नँया देशभक्ति गीत नेपाल प्यारो’ छ सार्वजनिक भएको छ। सरकारले संबिधान संशोधन गरेर भारतले अतिक्रमण गरेको भुमीलाई बैधानिकता दिएका बेला गायिका पाण्डेको देशभक्ति भावनाले ओत प्रोत भएको गीत सार्बजनिक भएको हो ।
यसअगाडि पनि थुप्रै गितमा स्वर भरेकी गायिका पाण्डेले जन्मभुमी नेपाल निकै प्यारो छ , देशको म सम्पती भएकाले देशको लागि जिउने र देशकै लागि मर्ने भाब पनि गीतमा ब्यक्त गरेकी छिन् ।
सडक देखि संसद सम्म राष्ट्रियताको बहस भैरहेको बेला यस गितले राष्ट्र प्रेमलाई उजागर गरेको छ । युटुब मार्फत सार्बजनिक भएको यस गितमा बरिष्ठ गीतकार डा कृण्णहरी बरालको रचना र गैरे सुरेशको संगीत रहेको पत्रकार दीपु पोख्रेलले जानकारी गराएकी छिन ।