एमसीसीको बिरुद्ध ११ दलले संघर्षको कार्यक्रम गर्ने ! (विज्ञप्तिसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ८, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ८, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा विभिन्न ११ दलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ११ दलले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै सो सम्झौता राष्ट्रघाती रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा ओली यसलाई पारित गराउने दाउमा लागेको भन्दै यसविरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस