अनेरास्ववियूले निजी बिद्यालयलाई भन्यो–’लकडाउन अवधिको कुनै पनि शुल्क नलिनु’

असार ८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयलाई आग्रह गरेको छ ।

निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेको भोलिपल्ट अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन आग्रह गरेको हो ।

‘कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरुको आह्वानको हामी घोरनिन्दा र भत्र्सना गर्दछौं’ संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्याब्सन र एन प्याब्सनले आइतबार अभिभावकलाई विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न, २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अपिल गरेको थियो ।

कोरोना कहरको त्रासदी, अभिभावकको विकराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको अपिललाई अवज्ञा गर्न अनेरास्ववियूले अभिभावकहरुलाई आग्रह गरेको छ ।

‘साथै यस प्रकारको असान्दर्भिक र अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न समेत चेतावनी दिन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

संम्बन्धित समचार

Leave a Reply