बालकको मृत्यु भएपछि महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ८,कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुन सक्ने र शान्ति भंग हुन सक्ने हुनाले कर्फ्यं लगाइएको प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस