गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ९, मंगलबार (३ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

असार ९, गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकामा ५ जना, शहिद लखन र गण्डकी गाउँपालिकाका ३र३ जनामा सोमबार कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित हुनेमा दुई महिला र बाँकी पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनीहरु गण्डकी गाउँपालिका ताङलीचोक मावि, भैरवाश्रम मावि, दिर्घेश्वर मावि र शहिद लखन गाउँपालिकाको हिमालय भगवती मावि र महारुद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना संक्रमितहरु सबै भारतबाट आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । उनीहरु मध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस