परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न सांसदहरुको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ९, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । सांसदहरुले कोरोना भाइरस परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न तथा लकडाउनका कारण असहज भएको दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दैनिक कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेकाले पिसिआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी क्वारेन्टीनलाई व्यवस्थित बनाउनुको साथै लकडाउन अवधि भरका लागि कर लगायतको छुट सहितको राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस