ओली–दाहालबीच भेटवार्ता, भोलि बस्ने स्थायी समिति बैठकका विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ९, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुईजनाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए ।

नेकपाको भोलि बस्न लागेको स्थायी समितिको बैठकको पूर्व सन्ध्यामा ओली र दाहालबीच भेटवार्ता भएको हो । स्थायी समितिको बैठकमा छलफल गर्ने अजेण्डाका विषयमा दुई अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । अध्यक्ष दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । दुईजनाबीच करिब साढे दुई घण्टा लामो छलफल भएको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस