प्रदेश १ मा साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबी

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७७ अषाढ १०, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १०, विराटनगर । नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस कोभिड–१९ नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।

सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उनको भनाई छ ।

वैशाख ५ गते पहिलोपटक उदयपुरस्थित त्रियुगा नगरपालिका–३ को झुल्केमा सङ्क्रमण देखिएको यस प्रदेशमा हालसम्म कुल ४६४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये २४५ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् २०३ जना उपचारको क्रममा रहेका छन् । जसमध्ये विराटनगर स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्रमा ९८, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८२ जना रहेका छन् भने सो अन्य १६ जनाको उपचारको व्यवस्थापनको कार्य भइरहेको प्रदेश १ को सामाजिकविकास मन्त्रालयका प्रवक्ता सुरेश मेहताले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस