भारतमा कोरोनाको महामारी: एकैदिन १७ हजार संक्रमित, मृत्यु हुनेको संख्या १५ हजार नजिक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ११, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ ।

दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५९६ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५९१ जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ७१ हजार ६९७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस