चट्याङ लागेर सप्तरीमा चारजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ११, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौ । चट्याङ लागेर सप्तरीमा चार जनाको मत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका विभिन्न ठाउँमा चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्य भएको हो । मृत्यु हरनेमा महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर छन् ।

त्यस्तै, डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीकी ३० वर्षीया ललितादेबी यादव तथा राजगढ गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ ।
त्यसैगरी, बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस