-दिपु वर्णवाल
असार ११,काठमाडौँ । जनता समाजबादी पार्टी केन्द्रिय कार्यकारिणि समितिको केन्द्रिय परिपत्र अनुसार जनता समाजवादी पार्टी पर्साको तत्कालीन समाजवादी पार्टी पर्सा र राजपाको सयुक्त बैठ्क जिल्ला समन्वय समिति पर्साको सभाहलमा सप्पन्न भएको छ । बैठकले विभिन्न प्रस्तावहरु माथी छ्लफल गरी नागरिकता बिधेकको विरुद्धमा विशाल र्याली र सभा गर्ने निर्णय गरेको छ।
आजको निर्णयले दुबै पार्टीले आ–आफ्नो जिल्ला देखि वडा सम्मको समितिहरु, भातृसंगठन सुभेच्छुक संस्था तथा आम समुदायलाई मिति २०७७ असार १६ दिनको ११.३० बजे घन्टाघरमा सहभागीताको लागि आह्वान गर्ने निर्णय गरेको छ । यो बिचमा कार्यक्रमलाई सभ्य र भब्री बनाउन विभिन्न चरणमा छ्लफल गर्ने निर्णय समेत गरेको छ ।
तत्कालीन समाजबादी पार्टीको अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बसेको बैठकमा पार्टीको केन्द्रिय सदस्यहरु प्रह्लाद गिरी, करिमा बेगम, पुरुषोतम झा , शशी कपुर मिया, केपस शिवजी सोनि , नेता रामचन्द्र पण्डित, सुन्दर कुर्मी, उपाध्यक्षहरु बासुदेव यादव, मुस्त्किम अन्सारी, देवान्द कलवार , जिल्ला सचीव तबरेज अहमाद लगायतको सहभागीता रहेको कुरा तत्कालीन राजपाको जिल्ला सचिव राजेश साहले बताए ।