असार १२,काठमाडौँ । काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो ।
बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’
एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । काभ्रेका डीएसपी कुमार विक्रम थापाले बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा नपुगेको बताए । उनले भने, ‘अवरोध रहेको बाटो पन्छाउँदै घटनास्थल जाँदैछु । करिब एक घण्टा लाग्छ ।’
मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको प्रहरकिो दावी छ । थप विवरण आउन बाँकी रहेको छ ।