रोटरी क्लब अफ वीरगञ्जसहित अन्य संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

Post Thumbnail

दिपु वर्णवाल                         

असार १३,विरगञ्ज । रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्रायाक्ट क्लब अफ युनाइटेड वीरगञ्जको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार वीरगञ्जको माइस्थान पार्कमा आयोजना गरिएको रक्दानमा १८ जना महिला गरि ११६ जनाले रक्दान गरेका छन् ।

रक्तदान गर्नेहरूमा शान्ति थापा, मन्दिप सर्राफ, मन्जु कमारी यादव, निकिता बैनर्जी, बिनु गौतम लगायतका रहेका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रम्भा मिश्रा, सचिव अनिल जयसवाल, रोट्रायक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष गोपाल कन्डोइ, सहसचिव दिपु वर्णवाल (२०/२१), रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रजिश कुमार चौधरी, सचिव सन्दिप राज ओझा लगायतहरूको उपस्थिती रहेको थियो ।

लकडाउनका कारण रक्तदान कार्यक्रम आयोजना नहुँदा रक्तसञ्चार केन्द्रमा विभिन्न रक्त समुहका रगतहरूको अभाव भएको थियो । नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो भएसँगै रक्दान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस