कोरोना संक्रमित एक करोड नाघे : मृतक पाँच लाखधेरै, अमेरिकामा मात्रै एक लाख २८ हजारको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १४, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नाघेको छ । मृतक संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड ७३ हजार ८ सय १४ संक्रमित छन् । जसमध्ये मृतक संख्या ५ लाख ६ सय ८ छ । बितेको २४ घन्टामा एक लाख ७५ हजार संक्रमित थपिएका छन् । ४५ सय जनाको मृतक थपिएका छन् । अमेरिकामा २५ लाख ९६ हजार संक्रमित संख्या छ । त्यहाँ एक लाख २८ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा १३ लाख संक्रमितमध्ये ५७ हजारको मृत्यु भएको छ । रुसमा ६ लाख २७ हजार संक्रमित संख्या छ । त्यहाँ ८ हजार ९ सयको मृत्यु भइसकेको छ । भारतमा ५ लाख २९ हजार संक्रमित मध्ये १६ हजारको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस