आज मदन भण्डारीको ६९औँ जन्मजयन्ती, कृति प्रकाशित भएकोमा प्रधानमन्त्री हर्षित

असार १४, काठमाण्डौ । आज, तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको ६९औँ जन्मजयन्ती मनाइँदैछ । कोरोना भाइरस संक्रमण जोखिमका कारण औपचारिक कार्यक्रम तय नभएपछि अनौपचारिक रूपमा मदनको जन्मजयन्ती मनाउने नेकपा नेताहरू बताउँछन् ।

भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त थियो । माओवादी केन्द्रसँग एकता भएपछि भने यसैको आधारमा जनताको जनवाद अंगिकार गरिएको छ । यद्यपी, जनताको बहुदलीय जनवाद बहसकै विषय छ । यसलाई आउँदो महाधिवेशनबाट टुंगो लगाइनेछ ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताकोको सिद्धान्त प्रतिपादन गरी लोकप्रिय ३ जेठ २०५० मा दासढुंगा भएको जिप दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ‘मदन भण्डारीका संकलित रचनाहरू, भाग १–७, छानिएका रचनाहरू ९८०, सेलेक्टेड वर्क्स ९ र जीवनी र व्यक्तित्व १०’ समेत दुर्लभ रचनाहरू संकलित कृतिको सेट प्रकाशित भएकोमा अत्यन्त प्रशन्नता समेत व्यक्त गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । मदन भण्डारीको स्मृतिको दिन पारेर ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ हालको नेकपा बनेको थियो ।

संम्बन्धित समचार

Leave a Reply