भाद्र ९,पोखरा । लामाचौरमा मृत भेटिएकी बालिका पुष्पा केसीको हत्या नभएर आन्तरिक कारणले मृत्यू भएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टका अनुसार उनको हत्या नभएर आन्तरिक घटना मृत्युको कारण रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालका एसपी ओम रानाले चिकित्सकले गरेको पोष्टमार्टम रिपोर्टका अनुसार उनको हत्या नभएर आन्तरिक घटना मृत्युको कारण भएको अनलाईन केन्द्रलाई बताए ।
आन्तरिक कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको एसपी रानाले अनलाईन केन्द्रलाई बताए ।