नेकपाको पहिलो बैठक : ओली–प्रचण्डको सम्बोधन, एकअर्काको परिचय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १०, बिहिबार (६ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

जेठ १०,काठमाडौँ । नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि आज पहिलो बैठक बोलाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । पहिलो बैठक भएकाले केन्द्रीय सदस्यहरुबीच परिचय गर्ने, निर्वाचन आयोगको प्रक्रियाका लागि हस्ताक्षरसहितका कागजात संकलन गर्ने पनि बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई अनिवार्य रुपमा नागरिकतासहित उपस्थित हुन सूचना जारी गरिएको छ ।

निर्वाचन आयोगले केन्द्रीय सदस्यहरुको नागरिकतासहितको विवरण बुझाउन ताकेता गरेपछि उनीहरुलाई नागरिकतासहित आउन सूचना जारी गरिएको हो ।
नेकपाले पार्टी एकताकै दिन जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

नेकपाको केन्द्रीय समितिमा ४ सय ४१ जना सदस्य छन् । ६ जनालाई भने स्थायी आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस