कांग्रेस नेता कोईरालाको ठहर : कञ्चनपुर घट्नाका दोषीलाई सरकारले उन्मुक्ती दियो !

Post Thumbnail

भाद्र ९,मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कन्चनपुर घट्नाका दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् ।

डा कोईरालाले प्रहरी प्रशासनले घट्नालाई कमजोर बनाउँन लागेको बताउँदै दोषी जतीसुकै शक्तीशाली भएपनी कानुनी कठघरामा ल्याउँनूपर्ने बताए ।

कोईरालाले बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दा सरकारले जनतालाई गोली उपहार दिएको बताए ।

नेपाल महिला संघ मोरंग–३ ले सलकपुरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले सरकार एकदलिय तानाशाही शासनतर्फ अगाडी बढीरहेको आरोप समेत लगाए ।

डा कोईरालाले सरकार दूई तिहाईको दम्भमा नागरिकमाथी गोली बर्साउँदै हिडेको बताउँदै संबिधान प्रदत्त नागरिक अधिकार नखोस्न सरकारलाई चेतावनी समेत दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस