कोरोना रोकथामका लागी एम्बुलेंस,शव वाहन र भिटिएम किन्ने सांसद यादव को निर्णय

दीपु वर्णवाल

असार १५, वीरगंज । पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले कोभिन–१९ को रोकथाम निरन्तर निदान र उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न ४६ लाख ४० हजार रकमको सहयोग गरेका छन् । जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न योजनामा विनियोजन भएको कार्यक्रम मध्ये लक डाउनको कारण काम नभएको तीन वटा योजनाको रु ४६ लाख ४० हजार रकम कोरोना रोकथाम तथा उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न निर्णय गरि सो रकम सहयोग गरिएको सांसद प्रदिप यादवले जानकारी गराएका हुन ।

पर्सा क्षेत्र नं। १ को स्थानीय तह वीरगंज महानगरपालिकालाई परिपत्र गरी सो रकम पठाएको सांसद यादवले बताए । खरिद प्रकृया चाँडै पुरा गरी शव वाहन, एम्बुलेन्स र भिटिएम खरिद गरि जनताको सेवामा लाग्नु पर्ने सांसद यादवले वीरगंज महानगरपालिकालाई अनुरोध गरेका हुन ।
पछिल्लो समयदेखी नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अहोरात्र खट्दै आएका सांसद यादव पर्सा क्षेत्र नं।१ मा पर्ने प्रत्येक स्वास्थ चौकीमा ज्वरो नाप्ने स्टेन गंज मेसिन, , मास्क, सेनिटाइजर, ग्लब, पन्जासहित विभिन्न स्वास्थ सामग्री प्रदान गरि नारायणी अस्पतालका एम्बुलेन्स चालक, चिकित्सक, संचारकर्मी तथा वीरगंजका पुटपाथमा तरकारी बेच्ने व्यापारीहरुलाई पनि मास्क र सेनिटाईजर बितरण गरेका थिए ।

कोभिन–१९ को चेकजाँचमा अभाव हुन नदिन सांसद यादवले प्रदेश २ को सरकारसंग १८ सय ५० वटा आरडिटि किट सहयोग गरेका थिए र उनकै पहलले प्रदेश सरकारले पर्साबासी र वीरगंजबासीकोे लागी पिसिआर मेसिन पनि खरिद गर्न लागेको छ ।

संम्बन्धित समचार

Leave a Reply