आजदेखि शेयर बजार खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १५, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १५, काठमाण्डौ । धितोपत्र बजारको नियमित कारोबार आजदेखि फेरि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ ।

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस