फेडवासन वास पत्रकारिता पुरस्कारबाट अनलाईन केन्द्रका सम्पादक ढुंगाना सहित चारजना पुरस्कृत

भाद्र ९,काठमाडौँ । यसबर्षको फेडवासन वास पत्रकारिता पुरस्कार अनलाईनको विधाबाट अनलाईन केन्द्रका सम्पादक राज ढुंगानाले प्राप्त गरेका छन ।

फेडवासनको १६ औं स्थापना दिवसको अवसर पारी टेलिभिजन अनलाइन विधाबाट अनलाइन केन्द्रका समपादक राज ढुंगाना,टेलिभिजन विधाबाट बैतडीका सगरमाथा टेलिभिजनका सम्बाददाता नरी बडु, रेडियो विधाबाट रेडियो सगरमाथाकी उर्वसी बस्नेत, पत्रिका तर्फ कालिकोटका कान्तिपुर सम्बाददाता तुलाराम पाण्डे र लाई पुरस्कृत गरिएको हो । उनिहरुलाई फुलमाला सहित सम्मानपत्र र नगद पुरस्कार दिइएको थियो ।

देशभरबाट आएका आवेदकहरु मध्येबाट छनोट समितिको सिफारीसको आधारमा चार जनालाई छनौट गरिएको हो । पुरस्कृत पत्रकार छनौटका लागि सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष सुवास खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

खानेपानी तथा सरसफाइ उपभोक्त महासंघ (फेडवासन) ले पत्रकारिताको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा योगदान पु(याउदै आएका पत्रकार मध्ये टेलिभिजन, रेडियो र पत्रिकाबाट एकएक जना गरी तीन जना पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको छ । यसबर्ष अनलाइन तर्फ पनि एक जना पत्रकार थप गरी ४ जनालाई पुरस्कृत गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply