कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १५, काठमाण्डौ । कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार राति मृत्यु भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन् । उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस