आज सुनको भाउ स्थिर, तोलाको कतिमा कारोबार हुँदैछ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १५, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १५, काठमाण्डौ । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि सोमबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९० हजार ८६० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज सोमबार चाँदी प्रति तोला ९४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ९०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस