प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी गर्ने समय तोकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ११, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ११, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग गरेको छ।

सोमबार सार्वजनिक सूचना माग गरी प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी माग गरेको हो। उजुरी विभिन्न माध्यमबट वा सोझै समितिमा समेत सूचना वा उजुरी दिन सकिने छ।

यस्तो सूचना दिने सूचनादाताले भने आफ्नो नाम, थर, वतन, र सम्पर्क भने खलाउनु पर्ने छ। तर सूचना दिने अधिकारीले आफ्नो नाम थर गोप्य राख्न चाहेमा भने गोप्य राखिने छ।

त्यस्तै यस्तो सूचना ७७ जिल्लाबाटै दिन सकिने पनि उल्लेख गरिएको छ। आइतबार सिंहदरबारमा वसेको समितिको बैठकले १० दिन समय दिँदै उजुरीका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस