‘गाईजात्रा’ आज काठमाडौं उपत्यका सहित मुलुकभर मनाईदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौं । सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यका सहित मुलुकभर मनाईदैछ ।

आज देखी सुरु भई अष्टमीका दिनसम्म ८ दिन मनाईने यस उत्सवमा एक वर्ष्भित्र निधन भएका आफ्नो परिवारका सदस्यहरुको सम्झनामा प्रतीकात्मक अभिब्यक्ती स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई सिँगारेर नगरपरिक्रमा गराईन्छ ।

यसरी नगरपरिक्रमा गर्दा यसै वर्ष निधन भएका ब्यक्तिको परिवारका सदस्य तथा श्रद्धालुहरु गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्रामा फलफुल दही, चिउरा लगायत दान गर्ने गरिन्छ ।

गाई र जोगीको भेषमा सिँगारिएको जात्रामा लाखे नाच पनि प्रदर्शन गरिन्छ । मृतकका परिवारले मृतकको गुणगान र किर्तिले भरिएको जीवन चरित्रमा आधारित गीतिरचना, रामायण गाएर नगरपरिक्रमा गर्ने चलन छ ।

मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मरेको घरघरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राजदरबार प्रङगणमा जम्मा गराएर रानीलाई देखाए । त्यति पनि रानीको मन शान्त नभएपछि शोकहरण गर्न हँसाउने कार्यक्रमको आयोजना भएपछि नै गाईजात्राको चलन चलेको विश्वास छ ।

यही परम्पराबाट सुरु भएको गाईजात्रा पर्व सामाजिक कुरीति एवं प्रशासनिक कमजोरी लक्षित गरि ब्यङ्गग्यात्मक शैलीमा संस्था, ब्यक्ति र सरकारको आलोचना गर्दै हास्यब्यङग्य कार्यक्रम गर्ने प्रचलन छ ।

काठमाडौं उपत्यका सहित मुलुकभर रहेका नेवार समुदायले गाईजात्रा मनाउने गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस