(कोरोनाअपडेट) बिश्वभर एकैदिन दुई लाख बढी कोरोना संक्रमित थपिए,पाँच हजार बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाण्डौ । विश्वमा पछिल्लो २४ घण्टा बिहीबारमा दुई लाख सात हजार ९६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार १४५ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ५६ हजार ५४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ६८० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ४७ हजार ९८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २७७ जनाको मृत्यु भएको तथ्यांक छ ।
भारतमा बिहीबार २१ हजार ९४८ जना कोरोनाका नयाँ संक्रमित थपिए । सोही दिन भारतमा ३७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रूसमा बिहीबार ६ हजार ७६० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १४७ जनाको मृत्यु भएको छ ।

यस्तै, बिहीबार पेरूमा तीन हजार ५२७, चिलीमा दुई हजार ४९८, इरानमा दुई हजार ६५२, मेक्सिकोमा पाँच हजार ६८१, पाकिस्तानमा चार हजार ३३९, स्पेनमा ४४४, बेलायतमा ५७६ तथा इटालीमा २०१ जना कोरोनाका नयाँ संक्रमित थपिएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस