झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला, कोरोना रिपोर्ट नेगेटिभ भए बिदेश जान पाईने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १९, काठमाण्डौ । सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताए । पुन श्रम स्वीकृति खुले पनि नयाँकोबारेमा भने जानकारी नभएको उनले बताए । पुन श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस