यस्तो छ राजनराजको नयाँ गीत ‘तिमी उता म यता’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ। उनले  ‘तिमी उता म यता’ बोलको गीत सार्वजनिक गरेका हुन्। राजनराजकै शब्द र संगीत रहेको गीतमा गायिका मिलन नेवारले साथ दिएकी छिन्।

गीतको भिडियोमा राजनराज र मिलन आफैले अभिनय गरेका छन्। गीतको भिडियोले लामो समयसम्म एक–आपसमा भेटघाट नहुँदाको पीडालाई चित्रण गरिएको छ, भने भेटपछिको उत्साहलाई  पनि देखाइएको छ। भिडियोमा राजनका कान्छी छोरी आरिश्मा शिवाकोटीको पनि अभिनय छ।

यसअघि राजनराज र मिलनले ‘चरीले काफल टिप्यो’, ‘ठेकीमा दही’, ‘गुलेलीले हान्दिऊँ कि’ जस्ता चर्चित गीत गाईसकेका छन्।  राजेश पुमा राईले निर्देशनमा तयार भएको भिडियो उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ।

ताजा अपडेट

खोजी गर्नुहोस