‘विधवा’ र ‘रुन्छु बरिलै’ युट्युब ट्रेडिङमा

पछिल्लो समय बाल कलाकार आयुषा गौतम र कमला घिमिरेले दर्शकको मन जितिरहेका छन्। नेपाली लोक दोहोरी क्षेत्रमा अब्बल ठहरिएका यी दुई बाल कलाकार सामाजिक संजालमा समेत भाइरल बनेका छन् । उनीहरूको स्वर र अभिनयमा रहेको गीत श्रोता तथा दर्शकले पनि सर्वाधिक रुपमा मन पराएका छन् ।

आठ वर्षिया बाल कलाकार आयुषा गौतमको स्वरमा रहेको ‘विधवा’ बोलको तीज गीतले बजारमा निकै चर्चा पायो । उक्त गीत अहिले युट्युबमा ट्रेडिङ १ नम्बरमा छ । गीतमा गायिका गीतादेवी र गायक हेमन्त रसाइली कान्छाले गौतमलाई आवाजमा साथ दिएका छन् । सतिष अधिकारीको शब्द र देवेन्द्र कुँवरद्धारा निर्देशित उक्त गीतमा नेपाली समाजमा विधवा नारीमाथि हेरिने दृष्टिकोणको यथार्थतालाई देखाउने प्रयास गरिएको छ ।

प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई उत्तिकै माया गर्ने सर्जक अधिकारी भन्छन्, ‘समाजमा घटेका यथार्थ घटनालाई मैले शब्दमा उतारको हुँ, हाम्रो समाजमा छोरीले जत्तिकै माया र सम्मान बुहारीले पनि पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’ ‘पहिले हाम्रो समाजमा यस्तो प्रकारको घटना धेरै हुन्थ्यो, कतिपय विकट ठाउँमा यो घटना अझै पनि विद्यमान छ,’ निर्देशक कुँवर भन्छन्,‘अहिलेका नयाँ पुस्तालाई यस्ता पनि घटना घट्थे भनेर हामीले गीतमार्फतदेखाउन खोजेका छौं ।’

इन्द्रेणी लाइभ दोहोरी कार्यक्रमबाट चर्चामा आएकी गौतमले तीन महिनाअघि स्वर दिएको ‘फुली नाकैमा’ बोलको गीतले पनि बजारमा राम्रै चर्चा कमाएको थियो । ‘छोरीको कला र गला देखेर प्रफुल्ल भएकी गौतमकी आमा भन्छिन्, ‘भगवानले छोरीको प्रतिभालाई चिन्नुभो म ज्यादै खुसी छु ।’ म्युजिक भिडियोमा गायिका गीतादेवीले विधुवाको रुपमा अभिनय गरेकी छन् भने साथमा आयुषा गौतम, सुरबीर पण्डित,रामचन्द्र अधिकारी र लक्ष्मी गिरीको अभिनय रहेको छ ।

अर्की बाल कलाकार कमला घिमिरेको स्वरमा रहेको ‘रुन्छु बरिलै’ बोलको गीतले बजारमा मात्र होइन सामाजिक सञ्जाल टिकटकमा पनि राम्रै चर्चा कमायो । एक हप्ताअघि सावर्जनिक भएको उक्त गीत युट्युबम ट्रेडिङ नम्बरमा २ मा छ । स्वरमा घिमिरेलाई गायक खेम सेन्चुरीले साथ दिएका छन् भने कमला घिमिरे, खेम सेन्चुरी र सरस्वती फ्यालुले अभिनय गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply