नेपाल मुद्रण उद्योग महासंघले कोभिड–१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तिका प्रकाशन गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण लाखौले ज्यानगुमाई सकेका र लाखौं संक्रमितभईसकेको वर्तमानअवस्थामा नेपालमापनि संक्रमण दिनहुँ बढिरहेकोले कोभिड १९ बाट सुरक्षित रहनजनचेतना फैलाउने उद्वेश्यले यो पुस्तकप्रकाशनगरिएको प्रकाशन समितिका संयोजक अरुण सापकोटाले बताए ।
उक्त पुस्तक वितरणको सुभारम्भ कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले उक्त पुस्तकउद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पुर्ण नेपालीहरुलाई समेत कोभिड १९ को संक्रमणबाट बच्न र सुरक्षित रहन महत्वपूर्ण भूमिकानिर्वाह गर्न सक्ने बताए ।
साथै कोभिड १९ को कारण समस्यामा परेका मुद्रण उद्योगी÷व्यवशायीहरुप्रति राज्यउदार हुन नसकेको मादुःख व्यक्त गर्दे उद्योगी÷व्यवायीहरुलाई यो संकटको समय संरक्षण गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्दा उद्योगी÷व्यवसायीलाई समस्या परेकोले यातायातका साधनको वैकल्पिक व्यवस्था नहुँदा सम्मजोर–विजोर प्रणाली खारेज गर्नुपर्नेमा जोड दिए ।
कोभिड–१९ को बारेमा संक्षिप्त जानकारी, संक्रमण नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानी, कार्यक्षेत्रमा पर्नसक्ने असरहरु, कार्यस्थल सुरक्षातथा सहजताको लागि योजना तथा कार्यविधि, संक्रमण हुनसक्ने जोखिम अनुसार वर्ग विभाजन, फोहोरको व्यवस्थापनतथा परीक्षण सम्बन्धी जानकारी लगायतका विषयहरु समेटेर तयार पारिएको उक्त कोभिड– १९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तक लेखन तथा सम्पादन वरिष्ठ फर्मासिष्ट विवेकसिंह महत र फर्मासिष्ट चन्द्रिकाअधिकारीले गरेका छन् ।
५८ पेज रहेको उक्त पुस्तकबारे प्रकाशपार्दै लेखकमहतले यो पुस्तकले कोभिड–१९ नियन्त्रण तथा जनचेतनाको लागि महत्वपूर्ण भूमिकाखेल्न सक्ने उल्लेख गरे । निःशुल्क वितरण गरिने उक्त पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग पु¥याउनुहुने गोपाल प्रसाद ढकाल, श्याम गैरे र लेखकद्वयलाई सम्मान गरिएको थियो । उक्त पुस्तकबारे मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव केसी, महा सचिवयूबराजश्रेष्ठ, सल्लाहकार भरत श्रेष्ठ, काठमाण्डौ मुद्रण उद्योगसंघका अध्यक्ष घननारायण श्रेष्ठ,सल्लाहकार प्रेम उपाध्याय र ललितपूर मुद्रण उद्योगसंघका अध्यक्ष कमल पोखरेलले प्रकाश पारेका छन् ।