यसबर्ष चन्द्रागिरी नगरमा सबैको घरघरमा खानेपानी पुग्छ: नगरप्रमुख गिरी (अन्तवार्ता)

राजधानीको ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरी नगरपालिकाले केहीदिन अघि बजेट ल्यायो । नगरप्रमुख घनश्याम गिरीले नगरको सम्बृद्धीको लागि यसबर्ष विभिन्न विषयलाई जोड दिएका छन् । खासगरी यसबर्ष कोरोना भाइरस (कोभिढ–१९) रोकथामका लागि स्वास्थ्य क्षेत्रलाई नगरले प्राथामिकतामा राखेको छ । साथसाथै शिक्षा,खानेपानी, उत्पादन र रोजगारीलाई नगरले उच्च प्राथामिकतामा राखेको छ । यसै सन्दर्भलाई जोडेर अनलाईनकेन्द्रले नगरप्रमुख गिरीसंग विशेष कुराकानी गरेको छ । उनिसंग गरेको कुराकानीको संक्षिप्त विषय यहाँ प्रस्तुत गरिएको छ ।

गत हाम्रो २ अर्व बराबरको बजेट थियो । यसपाली हामीले प्रारम्भिक चरणमा झण्डै डेढ अर्व बजेट सार्वजनिक गरेका छौँ । यद्यपी अन्य केही स्रोतहरु थपिने भएकोले यसको आकार बढ्न सक्छ । अहिले हामीले निश्चित स्रोत भएका आधार, प्रदेश र केन्द्रको बजेटको सिलिङलाई हेरेर बजेट तयार पारेका छौँ । अहिले चैत्रदेखि असारसम्म जसरी कोभिढ-१९ का कारण परेको आर्थिक समस्या छ । जसबाट आन्तरिक राजस्व र अन्य ठाँउबाट आउने स्रोतमा कमि आएका कारण हामीले यसबर्ष विनियोजित गरिसकेको योजनाहरुलाई सम्पन्न गर्नुपर्ने दायित्व भएकाले र ति सम्पन्न भइसकेका योजनाको भुक्तानी दिनुपर्ने, त्यो दायित्व पनि हामीले आगामी बर्षको बजेटबाटै थपिने भएकोले मेरो विचारमा पौने २ अर्व नाघ्छ जस्तो लाग्छ । अहिलेचाँही यसबर्ष हामीले जति आम्दानी गरेका छौँ । त्यही अनुसारको बजेट बनाउदा चालुतर्फ लगभग ७४ करोड र करिब ६० करोड पुँजिगत खर्च १५ करोड जती सामाजिक सुरक्षा भत्ताको लागी प्रस्ताव गरेका छौँ ।

स्वास्थ्य,उत्पादन र रोजगारीलाई पहिलो प्राथामिकता

नगरपालिकाले स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रीको अपलब्ध गराउने, स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धीमा जोड दिने योजना ल्याएको छ । जसले गर्दा कोभिढ–१९ र यस्ता अन्य रोगसंग लड्न सकियोस। त्यसपछि हामीले शिक्षालाई जोड दिएका छौँ । अहिले कोभिढ–१९ पछि बिद्यार्थी र अभिभावकको पहँच स्कुलमा हुन सकिरहेको छैन् । पठनपाठन रोकिएको छ । अब उनिहरुलाई प्रबिधीमार्फत कसरी पठनपाठनमा जोड्न सकिन्छ भनेर हामी योजना बनाइरहेका छौँ । अनलाईनमार्फत कक्षाहरु सञ्चालन पनि गरिरहेको छौँ । शिक्षकहरुलाई तालिमको व्यवस्था गरेका छौँ ।

यसबर्ष हामीले खानेपानीमा जोड दिएका छौँ । अहिले नगरपालिकाको वडा नम्बर १ मा जहाँ सुरुङमार्ग पनि बनिरहेको छ । जसका कारण हामीले सुरुङ आयोजनामार्फत नै १४ करोडको प्रशोधनसहितको घरैपिच्छे खानेपानी योजना अघि बढाएका छौँ । वडा नम्बर ३ र ४ मा पनि खानेपानी वितरण भइरहेको छ । ५,६ र ७ मा सहलगानीमा विगतमा ४ बर्षअघिदेखी नै ३२ करोडको योजना सञ्चालनमा छ । त्यसमा आवश्यक पुर्वाधार बनाइरहेका पनि छौँ । अरु वडामा पनि विस्तारै योजनाहरु अघि बढाउन खोजेको छौँ । अस्ति भर्खरै पनि वडा नम्बर १० मा बोरिङबाट खानेपानी सुविधा पुर्याएका छौँ । त्यसैगरी १२ नम्बर वडामा खानेपानी पुर्याउन सकिएको छैन् । त्यो पनि ८ नम्बर वडाबाट विशेष स्रोतबाट जुटाउन लागेका छौँ । अन्य स्रोतपनि खोज्दैछौँ । यो आर्थिक बर्ष १५ वटै वडाका घरघरमा खानेपानी योजना पुर्याउने योजना रहेको छ । संरचनानै नबनेको केही वडाका घरहरुमा चाँही अप्ठ्यारो होला । नत्रचाँही पुर्वाधार पुगिसकेको वडाका घरहरुमा यसबर्ष खानेपानी पुग्छ ।

हामीले कृषिलाई पनि जोड दिएका छौँ । खासगरी उत्पादनमा केन्द्रित रहेर बिउ पुँजीको व्यवस्था, सहकारीबाट सहकार्य गरेर हुन्छ की !गरेका छौँ । विदेशबाट फर्केका बेरोजगार युवाहरुलाई र नगरमा पहिलेदेखि नै कृषिमा लागेका युवाहरु जो कोभिढ-१९ का कारण प्रत्यक्ष मारमा परेका छन् । त्यसकारण कृषिलाई उत्पादनमुखी बनाएर युवाहरुको लागि रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य रहेको छ । कोभिढ १९ का कारण सबैलाई अप्ठ्यारो परेको कारण नगरपालिकाले करदाताहरुलाई पुस मसान्त सम्ममा कर तिर्ने म्याद थप्ने निर्णय पनि गरेको छ । आगामी बर्ष जुनसुकै करदाताले पनि नगरपालिका भित्र २५ प्रतिशत कर छुटको व्यवस्था दिने योजना पनि हाम्रो छ ।

कोभिढ–१९ संगको लडाईमा अग्रमोर्चामा चन्दागिरी नगरपालिका

विदेशबाट आएका आफ्ना नगरवासीको लागि नेपालमै पहिलो पिसिआर गर्ने चन्द्रागिरी नगरपालिका रहेको छ । लकडाउन भन्दा अगाडी विदेशबाट आएका करिब २ सय नागरिकको हाम क्वारेन्टाइनमै पिसिआर टेस्ट गरेका थियौँ । त्यसपछि लकडाउन भयो । कोरोना भाइरसको रोकथामको लागि नगरपालिकाले जनचेतनामुलक सुचना जारी गर्ने, सामाजिक दुरी कायर राख्न अपिल गर्ने, भिडभाड नियन्त्रण गर्ने जस्ता कामहरु सुरुवाती चरणमै गरेको हो । १०० वटा पिपिई सुरुवातमै बाड्यौँ ।

विभिन्न स्थामा क्वारेन्टाईन बनायौँ । मास्क नगरले नै खरिद गरेर वितरण गर्यौँ । स्वास्थ्यकर्मिलाई २४ घण्टा अर्लटमा राख्यौँ । उहाँहरुको हौसलाको लागि १ महिनाको अतिरिक्त तलब सुविधा पनि दियौँ । विदेशबाट आएर र क्यारेन्टाईनमा बसेकाहरुको लागि मोबाईल ट्रयापिङ गर्न रिचार्जपनि हाल्यौँ । सवारीसाधनको सुविधा प्रदान गर्यौँ । यसरी हामीले स्वास्थ्यकर्मिलाई फ्रन्टलाईनमा राखेर काम गर्यौँ । त्यसैगरी सुरक्षा निकायका नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सहकार्यलाई जोड दियौँ । हामीले सुरक्षा समिती नै बनाएर काम गरिरहेका छौँ । हरेक निर्णय गर्न जनप्रतिनिधि,सुरक्षा निकायका साथीहरु, कर्मचारी साथीहरु र नागरिक समाज र विभिन्न संघसंस्थाहरुको समितीमा उपस्थितीका कारण हामीले एक भएर निर्णय गर्यौँ ।

हामीले विकास निर्माणका कामलाई पनि उत्तिकै व्यवस्थित ढंगले अघि बढाएका छौँ । केन्द्र र प्रदेश सांसदबाट नगरमा परेको योजनालाई पहिलो प्राथामिकतामा राख्दै , नगरबाट जारी गरिएका योजनालाई क्रमशं सम्पन्न गर्दै दिगो विकासको लक्ष्य पछ्याउन लागि परेका छौँ । सडक, खानेपानी, पर्यटन, खेलकुदको विकासलाई एकिकृत ढंगले अघि बढाउने नगरको लक्ष्य पुरा गर्न म निरनत्र लागेको छु । नगरपालिकाको भवन बनाउने काम धमाधम अघि बढेको छ । विभिन्न सडकमा हरियाली योजना सम्पन्न भइसकेको छ । मेरो कार्यकालमा नगरलाई सम्बृद्ध बनाउने प्रढ गरेको छु । त्यो पुरा गरेरै छाड्छु ।

तपाईले उहाँसंगको अन्तवार्ता अडियोमा सुन्न सक्नुहुन्छ ।

संम्बन्धित समचार

Leave a Comment