सुन-चाँदीको मुल्यमा कमी, तोलाको कतिमा कारोवार भईरहेको छ ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ सामान्य घटेको छ । बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार आज का लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो । यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस