चार्टर्ड उडानको नाममा निजी विमानको ब्रह्मलुट : नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द !

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ जेष्ठ १०, बिहिबार (६ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

जेठ १०,काठमाडौँ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान आज बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिएका छन ।

निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए । तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ । यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो ।

चार्टर्ड उडान बन्द गरेर समान भाडादर तोकिएपछि सबै यात्रुले तोकिएको समान भाडामा यात्रा गर्न पाउने सुनिश्चित भएको छ । हाल नेपालगन्जबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सन्चालन गर्दै आएका छन्् ।

ताजा अपडेट

खोजी गर्नुहोस