नारायणगढ–मुग्लिन सडकका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।
सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर गत वर्षको चैत १० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि अहिले पुल निर्माणको प्रक्रिया सुरु भएको सडक विभाग पुल महाशाखाका निर्देशक दीपक भट्टराईले जानकारी दिए ।

उनले ढिलै भए पनि प्रक्रिया सुरु भएको छ । अहिले पुलको निर्माणका लागि ठेक्का भई डिजाइन निर्माणको काम भइरहेको छ भने । पुलको डिजाइन बनेपछि विभागले स्वीकृति दिएसँगै पुल निर्माणको काम सुरु हुनेछ ।

विभागले नारायणगढ–मुग्लिन सडकका १५ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा निर्माण गर्न अनक कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको छ । पुलको डिजाइन गर्दै निर्माण गर्ने कामलाई ‘डिजाइन एन्ड बिल्ड’  भनिन्छ । यसरी पुल बनाउँदा ठेक्का लाग्नुपूर्व वातवरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने कानुनी अड्चन सरकारले फुकाएसँगै पुल निर्माणको बाटो खुलेको हो ।

सम्झौताअनुसार कम्पनीले पुुलको निर्माण कार्य ३३ महिनाभित्र सक्नुपर्ने छ । पुलका डिजाइन र निर्माण गर्नका लागि एक अर्ब २७ करोड पाँच लाख रुपियाँमा लागत ठेक्का  सम्झौता भएको  निर्देशक भट्टराईले जानकारी दिए । ३६ किलोमिटर दूरी रहेको नारायणगढ–मुग्लिन सडकमा रहेका १९ पुलमध्ये तीनवटा पुलको निर्माण कार्य यसअघि नै सकिएको र जलवीरे पुलको निर्माणको काम भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस