तीन बिओपि थप गर्दै छाङरुमा सडक मर्मतमा जुट्दै सशस्त्र प्रहरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौैं । सशस्त्र प्रहरी बलको छाङरुमा रहेको बोर्डर आउट पोष्ट बीओपीले छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब ११ किलोमिटरको गोरेटो बाटो मर्मत गरेको हो ।

स्थानीयवासीसँगको सहकार्यमा सुख्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराइएको सशस्त्र प्रहरीले जनाएको छ । सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो । सशस्त्र प्रहरीले दार्चुलामा तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले दार्चुलाको सीमा सुरक्षामा उपस्थिति बढाइरहेको छ । त्यही क्रममा बिहीबार एकैदिन दार्चुलामा तीन वटा बीओपी स्थापना गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस