बिक्रीका लागि सुन सकियो, सुन व्यवसायी आन्दोलित !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र ११, पोखरा । बिक्रीका लागि सुन सकिएको भन्दै पोखराका सुन व्यवसायी आन्दोलित भएका छन्।

नेपाली महिलाहरूको पर्व तिज नजिकिँदै गर्दा समेत बजारमा सुन अभाव भएको भन्दै पोखराका व्यवसायी आन्दोलित भएका हुन्।

‘तिजको बेलामा सुन बढी सुन बिक्री हुन्छ’ सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्माले भने ‘यही बेला हामीलाई सुन नदिएपछि व्यापार व्यवसाय धान्न पनि गाह्रो हुन थाल्यो। सुन बेच्न भनेर पसल राख्ने सुुन बेच्नै नपाएपछि के गर्नु।’

मागअनुसारको आपूर्ति नभएपछि पसल नै बन्द गर्नुपरेको गुनासो उनले गरे। अहिले पोखरामा हप्तामा तीन किलो मात्रै सुन आउने गरेको उनले जानकारी दिए।

यो समयमा पोखराको दैनिक माग नै पाँच किलोसम्म रहको छ। यो सिजनमा पोखरामा दिनकौ पाँच किलो सुन चाहिने व्यापारीहरू बताउँछन्। तर हप्ताको तीन किलोमात्र पठाउने गरेको उनीहरूको गुनासो छ।

‘त्यही सुन पनि तीन सय ५० व्यापारीलाई बाँड्नुपर्छ। कहाँबाट माग धान्नु, कहाँबाट व्यापार चल्नु’, विश्वकर्माले भने।

सरकारले काठमाडौं, ललितपुर, भक्तपुरबाहेकको जिल्लालाई कम प्राथमिकता दिएर सुन वितरण गर्ने गरेकाले पनि समस्या भएको उनको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस