कैलालीमा ३७ घर डुबानमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १९, कैलाली । वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ ।

जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । ‘उनको परिवारलाई उद्धार गरेर अन्यत्रै राखिएको छ’ उनले भने । बर्दगोरिया गाउँपालिकामा बास्कोटी खोलामा बाढी आएपछि १६ घर डुबानमा पर्नुको साथै केही चौपाया बगाएको समेत डीएसपी विष्टले जानकारी दिए । नदीले स्थानीयको एउटा माछा पोखरीसमेत बगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस