बागमती प्रदेशको साढे ५१ अर्ब बजेट पारित,कोभिड–१९ प्रभावितको उपचारमा ध्यान दिन आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७र०७८ को विनियोजन विधेयक विपक्षीको दबाब र आफ्नै दलका सांसद्को विरोधबीच शुक्रबार बहुमतले पारित भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त प्रस्ताव पारित गरियोस् भनी दोस्रो बैठकमा टेबुल गरेका थिए । नेकपाबाहेक दलले बजेटमा असहमति जनाएका थिए । नेकपाको स्पष्ट बहुमत भए पनि अन्तिममा नेकपा एक भएपछि बजेट पारित भएको हो । बजेटमा नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्र विपक्षमा थिए ।

प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, साझा विवेकशील दलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त गरी २ र एक स्वतन्त्र गरी १ सय १० सांसद् छन् । प्रदेशसभा सदस्यहरु सरेश नेपाल, सीता अधिकारी, सुरेन्द्रराज गोसाईं, सिर्जना सैंजु, रमेश पौडेल र छिरिङ दोर्जेलामा, प्रभात तामाङ र पुकार महर्जनले टिप्पणी गर्दै सरकारले पेश्कीका रुपमा खर्च गर्ने विधेयक प्रस्तुत गर्दा कोभिड–१९ प्रभावितको उपचारमा ध्यान दिनुपर्ने र राजस्व संकलन गर्दा सर्वसाधारणलाई स्पष्ट बोध हुने गरी तेहोरो कर उठाउने प्रवृत्ति निरुत्साहित गरी सर्वसाधारणको हितमा आर्थिक विधेयकले सेवाप्रदान गर्न आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस