१८ औ एसियाड : नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौं । १८ औ एसियाडको दशौ दिन नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।

कराँतेको मेन्स ८४ केजी तौल समुहमा आज दिवस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यद्यपी उनको प्रतिद्धन्दीको टुंगो भने लाग्न बाँकि छ । उनले एक जित मात्र हात पारेपदक तालिकामा नेपालको नाम रहनेछ ।

कराँतेकै वुमन्स ५० केजी तौल समुहमा अनु अधिकारीले मकाउकी प्रतिस्पर्धीसंग प्रतिस्पर्धा गर्ने्छिन् । बक्सिङको मेन्स मिडल ७५ केजी तौल समुहमा दिपक श्रेष्ठ, चाईनिज ताईपेईका खेलाडीबिरुद्ध रिङमा उत्रनेछन् ।

पदकको आशा बोकेको पाराग्लाईडिङको मेन्स र वुमन्स टिम क्रस काउन्ट्रीको तेस्रो राउण्डमा पनि नेपाली खेलाडिले आज प्रतिस्पर्धा गर्नेछन् । सेपाक ताक्रोमा नेपालले आज भारतको सामना गर्नेछ ।

स्क्वासको मेन्स पुल राउण्डको स्पर्धामा नेपालले आज कोरिया र पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

टेबल टेनिसको वुमन्स टिम ईभेन्टमा नेपालले हङकङ र भियतनाम तथा मेन्स टिम ईभेन्टमा उत्तर कोरिया र लाओसको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस