एसिया कप छनोट क्रिकेट खेल्न नेपाली टोली मलेसिया जाँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली आज मलेसिया जाँदै छ ।

बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारीका लागि श्रीलंमा रहेका नेपाली टोली त्यहीबाट मलेसिया जान लागेको हो ।

नेपाली टोली आज बिहान १० बजे मलेसिया प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

टोलीका एक सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमयर लिग सीपीएल छाडेर भोलि सिधै मलेसिया पुग्नेछन् ।

यस प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्ध खेल्न पाउनेछ ।

नेपालले बुधबार ओमानसँगको खेलसँगै एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

त्यसको विजयी टोलीले आसन्न एसिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एसियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस