खोकनामा आज : प्रहरी र स्थानीयबीचको झडपमा तीन प्रहरी घाइते, अश्रुग्यास प्रहार !

असार २०, काठमाडौं । ललितपुरको खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमि विनास गर्न नहुने लगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि प्रहरीले अवरोध गरेको थियो । प्रहरीले लाठीचार्जसमेत गर्‍यो । त्यसपछि स्थानीयको तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । स्थानीयको ढुंगामुढापछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply