(अपडेट) बझाङमा पहिरोमा हराईरहेका ६ जनाको शव भेटियो, एक जना अझै बेपत्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २०, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २०, बझाङ । बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए । वडाध्यक्ष बोहराका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ । २२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस