बालुवाटारमा नेकपा शीर्ष नेताको छलफल सकियो, निर्णय के भयो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २१, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको बालुवाटारको बार्ता सकिएको छ । झन्डै एक घन्टा अध्यक्षद्वयबीच वार्ता भएको हो । उनीहरुबीच पार्टीमा चर्किएको विवादका विषयमा छलफल भएको हो । छलफलका विषयमा विस्तृत जानकारी आउन बाँकी छ । छलफलमा ओलीनिकट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल सहभागी थिए भने प्रचण्डनिकट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। विवादले चरम रुप लिएपछि शीर्ष तहमा छलफल भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस