सन्नी खुनाको अन्त्येष्टिमा सरकारको लापरबाही : कांग्रेस नेता बडू

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र ११, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरका नागरिकले स्वतःस्फूर्त रूपमा गरेको आन्दोलनलाई सरकारले प्रतिपक्षको आन्दोलन भनेर राजनीतिक रंग दिन खोजेको बताएका छन्।

सोमबार नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बडूले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न माग राख्दै सुरु भएको आन्दोलनमा आन्दोलनमा सबै पक्षको सहभागिता रहेको बताए।

‘सरकारलाई हत्यारा पत्ता लगाउन १५ दिने अल्टिमेटम दिइएको छ’, उनले भने, ‘हत्यारा पत्ता नलागे झण्डासहित सडकमा उत्रिन्छ।’

शहीद भनिए पनि सन्नी खुनाको अन्त्येष्टिमा सरकारले लापरबाही गरेको उनले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस