होटल क्वारेन्टाइनको प्रयोगमा कमी,कहाँ छन् बिदेशबाट आउनेहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २२, काठमाडौँ । सरकारले विदेशबाट आएका नागरिकलाई व्यवस्थित तरिकाले होटल क्वारेन्टाइनमा राख्ने प्रावधान गरे पनि होटलमा बस्नेको सङ्ख्या असाध्यै न्यून रहेको छ । विदेशबाट आएका अधिकांश आ–आफ्नै पालिकाले व्यवस्था गरेका क्वारेन्टाइनमा बस्न गएका कारण होटलमा बस्नेको सङ्ख्या कम भएको हो ।

कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले असार पहिलो साताबाट स्वदेश फिर्ती गर्न सुरु गरेको हो । सरकारले विदेशबाट फर्केकालाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको थियो । बस्नका लागि होटल र पालिकाले दुवैले व्यवस्था गरेकामा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेकामा अधिकांशले पालिकाकै क्वारेन्टाइन रोजेको पाइएको छ । विदेशमा पीसीआर परीक्षण गरेर आएका होम क्वारेन्टाइनमा बसेका छन् ।
होटल सङ्घ नेपाल हानका अनुसार विदेशबाट स्वदेश फिर्ती भएका झन्डै १५ हजारमध्ये एक हजार पाँच सयले मात्रै होटल क्वारेन्टाइनमा सेवा लिइरहेका छन् । स्वदेश फर्किने र होटल क्वारेन्टाइन सेवा लिनेको सङ्ख्या हेर्दा १० प्रतिशत हुन आउँछ । हानका महासचिव साजन शाक्यले होटल क्वारेन्टाइन लक्ष्य र उद्देश्यअनुसार प्रयोग नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस