काठमाडौं महानगरको सातौं अधिवेशन सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २२, काठमाण्डौ । काठमाडौं महानगरको सातौं अधिवेशनको चौथो बैठकले बिनियोजन विधेयक र बार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । पहिलो सूचीमा आ। व। २०७७र०७८ को बार्षिक बजेट तथा कार्यक्रम उपर छलफल गर्ने र पारित गर्ने थियो भने दोस्रोमा बिनियोजन विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो ।

यी कार्यसूचीमा नगर सभाका २० जना सदस्यले आफ्ना धारणा राखेका थिए । यसरी राखिएका धारणाहरूमा वडास्तरीय योजनासहित काठमाडौंंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना हुनुपर्ने, भौतिक समृद्धि, सामाजिक र आर्थिक बिकास, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषयमा केन्द्रीत थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस