भाद्र ११, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज पार्टीको तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखसँग छलफल गर्न लागेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा हुने सो छलफल करका विषयमा केन्द्रीत रहने बताइएको छ ।
स्थानीय तहले जथाभावी कर लगाउँदा सरकार तथा पार्टीको आलोचना हुन थालेपछि राजपा नेपालले त्यस बारेमा जानकारी लिन स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौ बोलाएर छलफल गर्न लागेको हो ।
स्थानीय तहले लगाएको करका कारण जनता निकै ठूलो मारमा परेकाले यसबारेमा छलफल गर्न पार्टीका तर्फबाट विजयी प्रतिनिधिलाई बोलाइएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी दिए ।