ओली–प्रचण्डबीच आजपनि ‘वान टु वान’ वार्ता ! होला त निर्णायक ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २३,काठमाडौँ । पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएपनि समय तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘वार्ता हुन्छ तर अहिले नै समय तय भइसकेको छैन । दुवै अध्यक्षको सेड्युल हेरेर समय तय हुन्छ’, बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत ११ बजेपछि हुनसक्छ ।’ प्रचण्डको सचिवलयले पनि ११ बजेपछि दुई नेताबीच वार्ता हुनसक्ने जनाएको छ । नेताहरुबीच सोमबार झण्डै डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए ।

यसअघि आइतबार भएको वार्तामा दोस्रो तहका नेताहरु समेत सहभागी भएपनि सोमबारबाट दुई अध्यक्षबीचमात्रै वार्ता गर्ने दुवै नेतावीच सहमत भएका थिए ।

त्यस्तै आवश्यक परे पार्टी वरिष्ठ नेतालाई समेत वार्तामा बोलाउन सकिने उनीहरुबीच कुराकानी भएको थियो । यसैवीच वार्तामा आफ्नो पक्षको सहभागीता नखोजिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

नेताहरुबीच सहमति खोजन भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस