सुनको मुल्यमा एकैदिन भारी बृद्धी ! प्रतितोला कति पुग्यो ?

असार २३,काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा ७ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा २ सय रुपैयाँ घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन १७ सय ८६ डलरमा कारोबार भइरहेको महासंघका भाउ निर्धारण समितिका सयोजक तेजरत्न शाक्यले बताउनुभयो । हिजो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १७ सय ७१ डलरमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नेपालमा पनि घट्छ भने अन्तर्राष्ट्रिय बजार बढ्दा नेपालमा पनि बढ्छ

कोरोना भाइरसका कारण बजार अस्थिर भएकाले भाउ घट्ने बढ्ने भइरहेको उनले बताए । लकडाउन खुकुलो भएर ब्यवसाय सञ्चालनमा आए पनि सुनको कारोबार भने अझै शून्य जस्तै छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply