नयाँ गीत ‘बीच्च बीच्चमा २’ विवादमा, दुर्गेश थापालाई लाग्यो चोरीको आरोप

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ अषाढ २४, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

काठमाडौं । चर्चित गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ । गएको बिहिबार युट्युबमा सार्वजनिक भएको गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप लागेको हो । उक्त गीत लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्ने बताइएको छ ।

उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ । लोककवि अली मियाँको आकाशमा बादलु डम्मै छ’ मा गायक प्रेमराजा महत र हरिदेवी कोइरालाको स्वर रहेको छ ।

गायक दुर्गेशले भने उक्त अन्तरा गाउँमा सुनेको आधारमा प्रयोग गरेको बताएका छन् । यसअघि पनि दुर्गेश ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस